काठमाण्डु, २६ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् ।
मंगलबार राति लामिछाने ओलीलाई भेटेन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । पार्टीको गण्डकी प्रदेशको विस्तारित बैठकमा सहभागी भएर लामिछाने पोखराबाट सिधै ओली भेट्न बालुवाटार गएका थिए ।
श्रोतका अनुसार लामिछोनले उपसभामुख इन्दिरा राना मगरलाई सत्तापक्षले हटाउने गरेकामा ओलीसँग आपत्ति जनाएका छन् । उनले उपसभामुखलाई हटाइए त्यसको प्रतिकार र प्रतिवाद गरिने चेतावनी ओलीलाई दिए ।
प्रतिनिधिसभाको लेटरप्याड दुरुपयोग गरेर आफूसहित ६ जनालाई अमेरिका भ्रमणको अन्र्वार्ताको मिति सारिदिन आग्रह गरेको विषयलाई आचरणसँग जोड्दै सत्तापक्षले उनलाई हटाउने तयारी गरेको छ ।
संवैधानिक परिषदमा सत्तापक्षको बहुमत हुने गरी ओलीले रानालाई हटाउन सोमबार बालुवाटारमा आयोजित बैठकमा सत्तापक्षको साथ खोजेका थिए ।
यस्तै लामिछानेले सहकारी ठगीको विषयलाई लिएर सत्तापक्षले आफूमाथि प्रतिशोध साँध्न खोजेकामा पनि ओलीसँग आपत्ति जनाए ।
पोखरामा आफूमाथि मंगलबार सहकारी पीडितका नाममा सत्तापक्षका कार्यकर्ताले नाराबाजी गरेको भन्दै ओलीसँग लामिछानेले आपत्ति जनाए ।