काठमाण्डु, २५ भदौ– जनकपुरधाम उपमहानगरपालिका–२४ का वडाध्यक्ष उपेन्द्र सहनी सेवाग्राहीबाट घूस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबासको संयुक्त टोलीले वडाअध्यक्ष सहनी, वडासचिव उपेन्द्र साह र विजय मण्डललाई साढे चार लाख रुपैयाँ घूससहित पक्राउ गरेको हो ।
अख्तियारको बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले उनीहरुलाई सोमबार अपराह्न वडा कार्यालय परिसरबाटै पक्राउ गरिएको बताए ।
वडाअध्यक्ष सहनी र सचिव साहले घरबाटो प्रमाणित गरी दिने कामका लागि घूस मागेको सूचनाका आधारमा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।