पहिरो पन्छाएपछि रातभर बन्द रहेको पृथ्वी राजमार्ग खुल्यो, नागढुंगामा लामो लाइन

काठमाण्डु टुडे २०८१ भदौ २५ गते ७:३२ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– धादिङको धुनिबेसी नगरपालिका–९ खत्रीपौवामा सोमबार साँझ पहिरो खसेर अवरूद्ध भएको त्रिभुवन राजमार्ग सञ्चालनमा आएको छ ।

साँझ ६ बजेतिर नागढुंगा सुरूङमार्ग नजिकै लेदोसहितको पहिरो खस्दा काठमाण्डु प्रवेश गर्ने र बाहिरिने प्रमुख नाका ठप्प भएको थियो ।

मंगलबार बिहानैदेखि दुईतर्फी सडक सञ्चालनमा आएको नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाले बताए ।

उनका अनुसार एक्सकाभेटर र टिपरको सहयोगमा बिहान ३ बजे पहिरो पन्छाइएको थियो ।

पहिरोका कारण रातभर दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको थियो । अवरोध खुले पनि अझै सडकमा लामो ट्राफिक जाम रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us