काठमाण्डु, २४ भदौ– सर्वोच्च अदालतले कोरोना बीमाको रकम माग गर्दै बीमा कम्पनीले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सोमबार रिटमा परमादेश जारी गरेको हो ।
बीमा कम्पनीका तर्फबाट निर्जीवन बिमा कम्पनीको छता संस्था नेपाल बिमक संघले कोरोना बीमाको रकम माग गर्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
सरकारले रकम नदिएको कारण देखाउँदै बीमा कम्पनीहरुले लामो समयदेखि कोरोना बीमाको भुक्तानी दिन सकेका थिएनन् ।
बिमितले कोरोना बीमाको ११ अर्ब रुपैयाँ भुक्तानी पाएका छैनन् ।