
काठमाण्डु – सुपरहिट ‘कहो ना प्यार हे’ नायिका अमीषा पटेलले पत्रकारलाई थर्काएकी छिन् ।
मेरो बारेमा अनर्गल प्रचार गर्ने तपाइँ पत्रकारहरुसँग मलाई बोल्नु छैन भन्दै अमीषाले पत्रकारलाई झपारेकी हुन् ।
अमीषाले पछिल्लो समयमा फिल्म नपाएपछि टेलिभिजन कार्यक्रम ‘बिगबोस’मा सहभागी हुने एउटा पत्रिकामा छापिएको समाचारलाई खण्डन गरेकी छिन् ।
उनले भनिन्, ‘ बिगबोसको बारेका तपाइँहरुलाई कसले भन्यो ? म यो सिजन त के आउने दिनका कुनै सिजनमा पनि भाग लिन्न र मेरो सो कार्यक्रमसँग कुनै लेनादेना पनि छैन ।’
अमीषाले बोल्दै नबोलेको प्रसङगलाई समाचार बनाएर फैलाउने बलिउड उद्योगमा केही यस्ता तत्व छन्, जसको कुनै काम नै छैन भन्दै आक्रोश पोखिन् ।
अमीषाले मेरो नयाँ चलचित्र ‘देशी म्याजिक’को काम गरिरहेको प्रष्ट पारिन् ।