काठमाण्डु, १४ भदौ– प्रहरी र सशस्त्रको सरुवा स्वाभाविक भएको बताउँदै गृहमन्त्री रमेश लेखकले त्यसमा आफ्नो ध्यान नभएको बताएका छन ।
आज शुक्रवार पत्रकारहरुसँग कुरा गर्दै लेखकले भने, ‘सरुवाको नाममा अवाञ्छित काम गरिने छैन, सरुवा हिजो हुन्थ्यो भोली पनि हुन्छ ।’ सुरक्षा निकायलाई सक्षम बनाउने कानुन निर्माणमा आफ्नो ध्यान भएको पनि बताएका छन ।
उनले भने, ‘सरुवामा मेरो ध्यान छैन ।’ प्रहरीको कानुमा केही जटिलता र परिमार्जन गर्नुपर्ने अवस्था रहेको उनले बताएका छन । उनले भने, ‘भदौ ६ मा सर्वोच्च अदालतले ‘३० वर्षे सेवा अवधि लागू नगर्न अन्तरिम आदेश’ गरेको विषय सैद्धान्तिक रूपले मेल नखाएको लेखकले बताए ।
‘सैद्धान्तिक रूपमा मेल नखाएको लागेर भ्याकेट निवेदन दर्ता गराएका हौँ ।’