राष्ट्रपतिबाट भक्तपुर स्थित तलेजु भवानी र भैरवको पूजा

काठमाण्डु टुडे २०८१ भदौ १४ गते १३:१५ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले शक्तिको प्रतीक तलेजु भवानी र श्री भैरवको पूजा गरेका छन । सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम अन्तर्गत आज दरबार स्क्वायर क्षेत्र पुगेका पौडेलले सोही अवसरमा तलेजु भवानी र भैरवको पूजा गरेका हुन ।

सो क्रममा उनले आम नागरिकसँग संवाद गर्ने तथा स्थानीयहरूको गुनासो पनि सुनेका छन । यस किसिमको कार्यक्रम प्रत्येक महिना हुने राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रपति पौडेललाई मन्दिर परिसरमा स्थानीय पालिकाका जनप्रतिनिधिसहित आम जनताले स्वागत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us