नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या

काठमाण्डु टुडे २०८१ भदौ १४ गते १२:१३ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्मा रहेको प्रहरीले जनाएको छ ।

उनी ज्यालादारी कर्मचारी रहेको खुलेको प्रहरीले जानकारी दिएको छ । आज बिहान साढे १० बजेतिर आयल निगमको एउटा कोठामा वादविवादको क्रममा उनको हत्या भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जानकारी दिएको छ ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले प्रकाश यादवलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us