नेतृत्व हस्तान्तरण आवश्यक छैन, राम्रो टिम बनेपछि अर्कै भूमिकामा रहन्छुः प्रचण्ड

काठमाण्डु टुडे २०८१ भदौ १४ गते ११:३९ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व हस्तान्तरण आवश्यक नरहेको बताएका छन ।

सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको उनले बताएका छन । उनले भने, ‘म ७० वर्ष कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनु पर्छ भन्ने छैन, प्रचण्ड अध्यक्ष भन्दा माथि भइसक्यो। एउटा राम्रो टिम बनेपछि म अर्का भूमिकामा जाने सोचिरहेको छु ।’

उनले भ्रष्टाचारीलाई जोगाउनकै लागि सरकार परिवर्तन भएको र सो तथ्य पुष्टि हुँदै गएको दाबी गर्दै उनले गलत कार्य गर्नेलाई माओवादी केन्द्रले नछोड्ने चेतावनी दिएका छन । उनले भने, ‘गलत गरे छोड्दैनौँ, यो विद्रोहको भाषा होइनु ।’

एमाले सांसद्हरुले सदनमै हिंसा शब्द प्रयोग गर्नुलाई जायज मान्न नसकिने भन्दै उनले संविधानमा नै जनयुद्ध शब्द प्रयोग भएको उनले बताएका छन ।

पार्टी फुटको चर्चा गलत भएको पुष्टि भइसकेको भन्दै प्रचण्डले यो विषय एकथरी मान्छेले गलत प्रचार गर्न नियोजित रूपमा सतहमा ल्याएको बताएका छन । उनले पार्टी भित्र कुनै आन्तरिक विवाद नरहेको र भएका साना मसिना विवाद पनि समाधान भएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us