पाँचथरमा बम विस्फोटमा परी दाजुबहिनीको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ १४ गते ८:२७ मा प्रकाशित

पाँचथर, १४ भदौ– पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङबुङस्थित एक घरमा बम विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

उक्त घरमा ज्ञानबहादुर राईको परिवार बस्दै आएको थियो । पाँचथर प्रहरी प्रमुख डिएसपी हेमन्त भण्डारीले बिहीबार अपराह्न साढे ३ बजे बालबालिका खेलीरहेका बेला घरको आँगनमा ठूलो आवाजसहित बम विस्फोट भएको जानकारी दिए ।

मृत्यु हुनेमा ज्ञानबहादुरका छिमेकी दिलिप साँवाका छोरा वर्षीय दिप्सन साँवा र छोरी २ वर्षीया प्रिन्सा छन् । विस्फोटमा घाइते उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

विस्फोटमा ज्ञानबहादुरका दुई छोरा तथा अर्का एक बालक घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले उक्त वस्तु ह्यान्डमेड ग्रिनेड हुनसक्ने अनुमान गरिएको बताए ।

विस्फोट भएको घरलाई प्रहरीले घेरेर राखेको छ । अर्को पनि शंकास्पद वस्तु भेटिएकाले नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा जाँदै गरेको प्रजिअ कोइरालाले बताए । उनले विस्फोट भएको उक्त वस्तु कहाँबाट र कसले ल्यायो भन्नेबारे अनुसन्धान भइरहेको जानकारी पनि दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us