बसको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ १४ गते ८:०८ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० ५६ किलोमा यात्रु बसको ठक्करबाट पैदलयात्रीको महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेको परिचय खुलेको छैन । काठमाण्डुबाट बाह्रबिसेतर्फ गइरहेको बा२ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो ।

बिहीबार साँझ बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

बसचालक सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us