काठमाण्डु, १३ भदौ- सरकारले मुख्यसचिवमा एक नारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो । लीलादेवी गड्तौलाको कार्यकाल सकिएपछि रिक्त मुख्य सचिवमा अर्याल नियुक्त भएका हुन् ।