अमेरिका–बेलायतसहित ९ देश र युरोपेली संघद्वारा टीआरसी विधेयकको स्वागत

काठमाण्डु टुडे २०८१ भदौ १३ गते १८:५७ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– बेपत्ता पारिएका व्यक्तिको खोजी तथा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन कार्यान्वयनमा आएकामा अमेरिका र बेलायतसहित युरोपियन युनियन आवद्ध देशहरुले स्वागत गरेका छन् ।

संघीय संसदका दुवै सदनले पारित गरेको विधेयक बिहीबार मात्र राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै ती देशले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक दुवै सदनबाट सर्वसम्मत पारित भएकामा स्वागत गरेका छन् ।

विज्ञप्ति जारी गर्नेमा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, जापान, स्विट्जरल्याण्ड, नर्वे, फिनल्याण्ड र युरोपियन युनियन छन् । उनीहरुले आफूहरुले पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने बताए ।
९ देश र युरोपियन युनियनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न के कुरामा सघाउनुपर्नेछ भन्नेबारे सरकारबाट जान्न उत्सुक रहेको पनि उनीहरुले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us