काठमाण्डु, १३ भदौ– भक्तपुरको चाँगुनारायण नगरपालिका–२ स्थित दुवाकोटमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय विष्णु वैद्य रहेको प्रहरीले जानकारी दिएको छ ।
हिजो बुधवार साँझ आफ्नै घरको छतबाट लडेका वैद्यको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिएका छन ।
साढे ३ तला माथिबाट लडेपछि परिवारले उनलाई भक्तपुर अस्पतालमा लगेका हुन् । शव पोस्टमार्टमको लागी काठमाडौँ मेडिकल कलेजमा राखिएको पनि प्रहरीले जानकारी दिएको छ ।