दुई तिहाइको दम्भ देखाए सडकमा आउँछौं: अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ भदौ १३ गते १५:३१ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले दुई तिहाइको दम्भ देखाइरहे सडकमा आउने चेतावनी दिएका छन ।

पार्टीको सुदूरपश्चिमस्तरीय परामर्श बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन । उनले सरकारलाई दुई तिहाइको घमण्ड नगर्न समेत आग्रह गरेका छन । सरकारको सुरुवाती दिन हेर्दा राम्रो संकेत नदेखेपछि आफूले संसदबाट बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरेको भन्दै उनले भने, ‘अलि बढी गर्नुभयो भने सडकमा आउँछौं ।’

अध्यक्ष प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा आफ्नो नेतृत्वको सरकारले गरेको कामबारही नरोक्न माग गर्दै सडकमा आउने बताएका छन ।

उनले संविधान संशोधन गर्ने कांग्रेस र एमालेको सहमतिमाथि समेत प्रश्न गरेका छन । उनले भन, ‘उहाँहरुले २०७२ को संविधान हेर्दा जतासुकै माओवादी देख्नुहुन्छ, ‘समावेशी भनेपनि माओवाादी, समानुपातिक भनेपनि माओवादी, दलित महिला मुस्लिम भनेपनि माओवादी, गणतन्त्र भनेपनि माओवादी भनेपनि कसरी माओवादीलाई ठीक गर्ने भन्ने परेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us