काठमाण्डु, १३ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ । थापागाउँस्थित अर्पण बैंकेटमा सो पार्टीको प्रथम केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको हो ।
बैठकमा नेताहरूको कार्य विभाजन र भावी कार्ययोजना तय गर्ने एकीकृत समाजवादीले जनाएको छ । बिहीबारको बैठक भदौ ९ देखि जारी केन्द्रीय समिति बैठकको निरन्तरता भएको बताइएको छ ।
गत असारमा १०औँ महाधिवेशन गरेको एकीकृत समाजवादीले ३४४ जना केन्द्रीय सदस्यहरूमध्येबाट १७ जना पदाधिकारी र ८४ जना पोलिटब्युरो सदस्य छनोट गरेको थियो ।
बैठकमा पदाधिकारी र पोलिटब्युरो सदस्यहरूको औपचारिक घोषणा हुनेछ । आगामी कार्ययोजनामा प्रदेश र जिल्ला अधिवेशनसहित नेताहरूको कार्य विभाजन समेत गर्ने एक नेताले जानकारी दिएका छन ।