काठमाण्डु, १३ भदौ– नेकपा माओवादी केन्द्र निकट पेट्रोलियम तथा ग्यास उपशाखाको भेला सम्पन्न भएको छ । शाखा अध्यक्ष राजकुमार महर्जनको अध्यक्षतामा शाखा ईन्चार्ज शिव पोख्रेलको प्रमुख आतिथ्य तथा महाशाखा सदस्यहरू चिज ढकाल,जगत श्रेष्ठ, शाखा कमिटी सचिव नबराज भट्ट लगायतको अतिथ्यतामा भेला सम्पन्न भएको हो ।
भेलाले नबराज प्रसाईको अध्यक्षतामा ९ सदस्य कार्यसमिति निर्बाचित गरेको छ जसको उपाध्यक्षमा सानुवावु खत्री, सचिव भगवान भट्ट, कोषाध्यक्ष श्रीधर पोख्रेल र सदस्यहरू गणेश सापकोटा,नारायण भट्ट,अर्जुन पोख्रेल, सन्देश शर्मा,सजिन कार्की,चयन गरेको छ ।
भेलाले १५ दिनभित्रमा ६ वटा सेल कमिटी गठन गरिसक्ने, पार्टी सदस्यता अपडेट गर्ने, क्यालेण्डरमा व्यवस्था भए बमोजिम बैठकहरु राख्ने, संगठनात्मक संरचनालाई ब्यवस्थित गर्ने तथा पेट्रोलियम शाखाको संचार डेस्कलाई सहयोग गर्ने र श्रमिकका तत्कालीन तथा दीर्घकालीन समस्यालाई क्रमश हल गर्ने, सामाजिक सुरक्षा कार्यन्वयनमा थप योजना र आवश्यक परामर्श गरी अभियान चलाउने लगायतको निर्णय गरेको छ ।