काठमाण्डु, १३ भदौ– प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।
बैठक संघीय संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे संघीय संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हवाई क्षेत्रसँग सम्बन्धित जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रस्तावमा सांसदहरू डोलप्रसाद अर्याल, सन्तोष परियार, तोसिमा कार्की, हरि ढकाल, मनिष झा, निशा डांगी, विनिता कठायत, शिव नेपाली, अशोक कुमार चौधरी, सुमना श्रेष्ठ, चन्दा कार्की, गणेश पराजुली र विन्दवासिनी कांसकारले समर्थन गर्नेछन् ।
यस्तै संविधानसभा सदस्य श्रवणकुमार अग्रवालको निधनमा शोक प्रस्ताव पारित गर्ने पनि कार्यसूचीमा रहेको छ ।