माओवादीको प्रश्नः रघुजीलाई बोल्न दिने हामीलाई नदिने ?

काठमाण्डु टुडे २०८१ भदौ १२ गते १५:१८ मा प्रकाशित

काठमाण्डु, १२ भदौ– आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा ‘हिंसा’ शब्दले हँगामा मच्चाएको छ । सत्तारुढ दल एमाले सांसद योगेश भट्टराईले हिंसा शब्द प्रयोग गरेपछि बैठकको माहोल गरम भएको हो ।

भट्टराईले बोलेपछि माओवादी सांसदहरूले नियमापत्ति गरेर रेकर्डबाट हटाउन माग गरे । तर, सभामुख देवराज घिमिरेले प्रतिपक्षको आवाजलाई बेवास्ता गरिदिए ।

त्यसपछि निरन्तर माओवादी सांसदले विरोध गरेपछि ‘अध्ययन गरेर निर्णय गर्न’ भन्दै सभामुख घिमिरेले संसद् सचिवालयलाई अधिकार दिएका थिए । तर, माओवादी सांसदहरूले सहमति नजनाएपछि सत्ता सांसदहरू पनि उठेर विरोध जनाएका थिए ।

योगेशले हिंसालाई हिंसा भनिन्छ भनेपछि थप माहोलमा समस्या पर्‍यो । सत्ता र प्रतिपक्षका दुवै सांसद उठेपछि सभामुख घिमिरेले रघुजी पन्तलाई बोल्न दिए । पन्तले भने, ‘जनयुद्धमा मान्छे मरेको हिंसा हो कि होइन ?

असंदीदय शब्द छानबिन गरेर प्रमाणित गर्नुहोस्, ‘हामी यहीँ ठान्छौँ ।’ पन्त बोलेपछि पुनः माओवादी सांसदहरू उठेर समय मागे । तर, सभामुख घिमिरेले समय दिएनन् ।

त्यसपछि माइक बिनै बोलेका माओवादी सांसदहरूले पन्तलाई बोल्न दिने आफूहरुलाई बोल्न नदिने भन्दै प्रश्न गरे । सत्ता पक्षलाई बोल्न दिने प्रतिपक्षलाई बोल्न नदिने कस्तो हो भन्दै माओवादी सांसदहरूले भने, ‘रघुजी पन्तलाई किन बोल्न दिइयो हामीलाई किन दिइएन प्रधानमन्त्रीको पार्टी नभएर हो ? तपाई एमालेको सभामुख हो ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us