ओली–देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा दुई जना पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ १२ गते ११:०६ मा प्रकाशित

 

काठमाण्डु, १२ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माओली र पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सुर्खेत घर भएका गोपीराम जैशी र रामबहादुर बुढा रहेको प्रहरीले जानकारी दिएको छ । भदौ १० मा टुँडिखेलमा आयोजित गौरा पर्वमा सम्बोधन गर्ने क्रममा उनीहरुले प्रधानमन्त्री र देउवाविरुद्ध नाराबाजी गरेका हुन् ।

उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us