संघिय संसदका तीन समितिको आज बैठक बस्दै

काठमाण्डु टुडे २०८१ भदौ १२ गते ८:४६ मा प्रकाशित

काठमाण्डु,१२ भदौ संघिय संसद अन्तर्गतका तीन वटा समितिको आज बुधबार बैठक बस्दैछ।

प्रतिनिधि सभा अन्तर्गत उधोग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानून ,न्याय तथा मानव अधिकार समितिका बैठक बिहान साढे ११ बजे बस्ने तय भएको छ ।

उधोग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा तयारी पोशाक निर्यातमा देखिएका नीतिगत समस्याका सम्बन्धमा नेपाल तयारी पोशाक उधोग संघका प्रतिनिधिसँग छलफल हुने भनिएको छ ।

यसैगरि हस्तकला क्षेत्रका नीतिगत समस्याबारे नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने कार्यसूची छ।

कानून ,न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायु सेवा निगमको जहाजमा देखिएका समस्याका सम्बन्धमा छलफल हुनेछ ।
सबै समितिका बैठक बिहान साढे ११ बजे बोलाइएको संघिय संसद सचिवालयको कार्यसूचिमा रहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us