समाजवादी उपाध्यक्षमा जयन्ती राई निर्वाचित, रामकुमारी झाँक्री पराजित

काठमाण्डु टुडे २०८१ भदौ १२ गते ७:२६ मा प्रकाशित

काठमाण्डु, १२ भदौ– नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् ।

पदाधिकारी चुन्न बुधबार भएको निर्वाचनमा रामकुमारी झाँक्रीलाई पराजित गर्दै राई उपाध्यक्ष निर्वाचित भएकी हुन् । राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् ।

राई अध्यक्ष माधवकुमार नेपालनिकट हुन् । एमालेबाट पार्टी विभाजनमा भूमिका खेलकी झाँक्री पछिल्लो समय अध्यक्ष नेपालसँग रुष्ट थिइन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us