एकिकृत समाजवादीको आज पदाधिकारीको चुनाव हुँदै

काठमाण्डु टुडे २०८१ भदौ ११ गते ८:३६ मा प्रकाशित

 

काठमाण्डु,११ भदौ -एकीकृत समाजवादी पार्टीको महाधिवेशन सकिएको झन्डै दुई महिनापछि आज पदाधिकारी चयनको लागि चुनाव हुँदैछ ।काठमाण्डुमा भइरहेको पार्टीको पहिलो पूर्ण बैठक बैठकले पदाधिकारी चयन गर्न लागेको हो ।

पार्टीले सोमबार निकाले को निर्वाचन तालिकाअनुसार आज बिहान ७ बजेबाट मनोनयन पत्र वितरण गर्ने र साढे सात बजेबाट उम्मेदवारी दर्ता सुरू गर्ने र साढे आठ बजेसम्म उम्मेदवारी दर्ता, त्यसपछि प्रारम्भिक सूची सार्वजनिक, त्यसपछि दाबी विरोध र १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन तालिका रहेको निर्वाचन समितिले जानकारी दिएको छ।

गत असार १६ देखि २० गतेसम्म काठमाण्डुमा भएको दसौं महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल निर्वाचित गरिसकेको छ ।

३४४ सदस्यीय केन्द्रीय कमिटी रहेको एकिकृत समाजवादी पार्टीको २१ पदाधिकारी रहने व्यवस्था गरेकामा आज १८ पदका लागि चुनाव हुँदैछ ।

वरिष्ठसहित सात उपाध्यक्ष, ४ उपमहासचि र ७ सचिवका लागि निर्वाचन हुन लागेको हो ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us