आज कोशी, वागमती र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

काठमाण्डु टुडे २०८१ भदौ ११ गते ७:५० मा प्रकाशित

काठमाण्डु,११ भदौ -भदौ महिनाको शुरुवातसंगै देशैभरी दैनिक जसो अविरल रुपमा वर्षा भइरहेको छ । दशैभर मनसुनी वायुको प्रभाव कायम रहेकाले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानमा छ ।

दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । राति पनि देशभर आंशिकदेखि साधारणतया बदली भइ हल्का देखी भारी वर्षाको संभावना रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us