पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ ११ गते ७:४० मा प्रकाशित

खोटाङ, ११ भदौ– खोटाङमा सिंचाइपोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्याम्टिारस्थित बाङमाका गइन्द्र राईका ६ वर्षीय छोरा सङ्गम र तीन वर्षीया छोरी समृद्धिको सिँचाइपोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाजुबहिनी हराएपछि सोमबार साँझपख खोज्ने क्रममा घरदेखि केही पर भुतियाखोला नजिकै बनाइएको सिँचाइपोखरीमा डुबिरहेको आवस्थामा फेला परेका थिए ।

वडाध्यक्ष भूपालसिंह राईले हातखुट्टा चलाउँदै गरेको अवस्थामा सिँचाइपोखरीबाट उद्धार गरेर घर ल्याइएको र त्यसको केही समयमै दुवैको मृत्यु भएको बताए ।

मृतकहरुका बाबु गइद्र वैदेशिक रोजगारीका शिलसिलामा देशबाहिर छन् । राईका दुवै सन्तानको मृत्यु भएपछि बाङमा गाउँ नै शोकमग्न भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us