काँग्रेस–एमाले गठबन्धन छिट्टै भत्किन्छः प्रचण्ड

काठमाण्डु टुडे २०८१ भदौ १० गते २०:५२ मा प्रकाशित

काठमाण्डु, १० भदौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धन धेरै समय नटिक्ने दाबी गरेका छन् ।
पार्टीको गण्डकी प्रदेश समन्वय समितिको बैठकमा सोमबार बोल्दै उनले वर्तमान सत्ता गठबन्धन छिट्टै टुटेने बताए । बैठकमा सहभागी एक नेताका अनुसार त्यस्तो बेला सरकार बनाइदिनुप¥यो भन्दै दुवै दल आफूहरुको शरणमा आउने जिकिर उनको थियो । काँग्रेस–एमाले गठबन्धन कुण्ठा र स्वार्थ केन्द्रित रहेको आरोप प्रचण्डले लगाए । ‘स्वार्थ र कुण्ठाले मिलेको समीकरण धेरै दिन टिक्दैन’, प्रचण्डले भने, ‘यो समीकरण भत्किन धेरै समय लाग्दैन ।’ यद्यपि आफ्नो दल अब सरकार बनाउने खेलमा सहभागी नहुने दाबी पनि प्रचण्डले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us