युवकसँग होटलमा गएकी महिला मृत फेला

काठमाण्डु टुडे २०८१ भदौ १० गते २०:४२ मा प्रकाशित

मकवानपुर, १० भदौ– हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रत्ना होटलको एक महिला मृत फेला परेकी छन् ।

मकवानपुरका एसपी सीताराम कोइरालाले होटलको कोठा २ सय ५ मा महिला मृत फेला परेको बताए । उनका अनुसार मृतक हेटौंडा–११ थानाभर्याङकी एलिसा न्यौपाने हुन् ।

आइतबार अपराह्न ५ बजेतिर उनी एक पुरूषसँगै होटलमा पुगेकी थिइन् । पुरुष भने राति ९ बजेतिर होटलबाट बाहिरिएका थिए । बिहान ११ बजेसम्म पनि न्यौपाने बसेको कोठाको ढोका नखुलेपछि होटलका सञ्चालक नवीन रानामगरले प्रहरीमा खबर गरेका थिए ।

प्रहरीले ढोका फोरेर हेर्दा न्यौपाने मृत भेटिएकी हुन् । सिरकले मुख छोपेको अवस्थामा उनको शव भेटिएको थियो ।

कोठामा रगतको दागहरु देखिएको छ । तर, भित्रैबाट चुकुल लगाइएका कारण हत्या नभई न्यौपानेले आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ ।

एसपी रिजालले घटनाबारे अनुसन्धान अघि बढाइएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us