
काठमाण्डु, ५ भदौ– ३० महिनापछि कर्जाको ब्याजदर एकल अंकमा झरेको छ ।
राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरूले लिने कर्जाको ब्याजदर एकल अंकमा आएको हो ।
असारमा वाणिज्य बैंकहरूले जारी गर्ने कर्जाको ब्याजदर औसत ९।९३ प्रतिशत छ । औसत ब्याजदर बढेर यसअघि १३।०३ प्रतिशतसम्म पुगेको थियो ।
कर्जाको माग घटेसँगै बैंकहरुले लिने व्याजदर पनि लगातार ओरालो लाग्दै आएको छ । कर्जा माग नहुँदा हाल बैंकिङ प्रणालीमा ६ खर्बभन्दा बढी तरलता छ।
राष्ट्र बैंकले पटकपटक तरलता खिच्दै आएको छ ।