विश्वकै ज्येष्ठ नागरिकको १ सय १७ वर्षको उमेरमा निधन

काठमाण्डु टुडे २०८१ भदौ ५ गते ७:५० मा प्रकाशित

एजेन्सी– विश्वकै वृद्ध मारिया ब्रान्यास मोरेराको निधन भएको छ ।

१ सय १७ वर्षको उमेर ब्रान्यासको मंगलबार निधन भएको द गार्जियनले जनाएको छ ।

गिनिज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा ब्रान्यासलाई विश्वकै वृद्ध व्यक्तिको सूचीमा राखेको थियो । ब्रान्यास सन् १९०७ मा अमेरिकामा जन्मेकी थिइन् । ब्रान्यास विगत दुई वर्षयता क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट सहरस्थित शान्टा मारिया डेल तुरा नर्सिङ होममा बस्दै आएकी थिइन ।

सोमबार एक पोष्टमा उनले आफू कमजोर भएको बताएकी थिइन् । ‘मेरो समय आइसकेको छ । जहाँ भए पनि म खुसी रहनेछु । मेरो लागि कोही पनि नरुनु । किनकी मलाई आँशु मन पर्दैन’, उनले भनेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us