
काठमाण्डु– बेलायती महिलाहरुले यौन सम्पर्कका बेला योनीमा प्लाष्टिक राख्ने गरेको पाइएको छ ।
अनिच्छुक गर्भ रोक्न उनीहरुले योनीमा यौन सम्पर्कका बेला अस्थायी साधनका रुपमा पालतो प्लाष्टिक राख्ने गरेको एक अध्ययनले देखाएको छ ।
अध्ययनका अनुसार बेलायती महिलाले प्लास्टिकका अलावा स्याण्डबीच प्याक गर्ने झोला र पञ्जासमेत योनीमा राख्ने गरेका छन् । बायर हेल्थ केयर नामक संस्थाले १५ सय बेलायती महिलामा उक्त सर्वेक्षण गरेको थियो ।
सर्वेक्षणमा २५ देखि ३४ वर्ष उमेर समूहकाहरुलाई सहभागी गराइएको थियो । अध्ययनका अनुसार १० प्रतिशत बेलायतीले महिनावारी भएका बेला सम्भोग गर्ने गरेका छन् । त्यस्तो अवस्थामा यौन सम्पर्क गर्दा गर्भ नरहने भ्रम उनीहरुको छ ।
यस्तै १७ प्रतिशतले यौन सम्पर्कको चरम उत्कर्षका बेला पुरुष साथीको लिंग बाहिर निकाल्ने गरेको पाइएको छ । ३० प्रतिशतले गर्भ रोक्ने विभिन्न चक्की सेवन गर्ने गरेको अध्ययनले देखाएको छ ।
सर्वेक्षणमा सहभागी २७ प्रतिशतले गर्भनिरोधक उपायबारे आफूलाई पत्तै नभएको बताएका छन् ।