काठमाण्डु, २७ साउन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडामा तेस्रो दिनको बैठक सुरु भएको हो ।
शनिबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिमा पार्टी निर्माण र भावी रणनीतिबारे मौखिक प्रस्ताव राखेका थिए ।