तनहुँमा बस दुर्घटना हुँदा १३ जना घाइते

काठमाण्डु टुडे २०८१ साउन २७ गते ९:२६ मा प्रकाशित

काठमाण्डु, २७ साउन– तनहुँमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन । पृथ्वीराजमार्गअन्तर्गत को आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा आज बस दुर्घटना हुँदा १३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । सवारी दुर्घटनामा परी घाइते भएकाहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिएका छन ।

उनकानुसार करिब एक सय मिटरको दूरीमा दुईवटा बस दुर्घटनामा परेको हुन् । बिहानदेखि सिमसिमे पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएका थिए ।

लमजुङबाट नारायणगढतर्फ जाँदै गरेको ग१ज ८२९४ नम्बरको विद्युतीय माइक्रोबस र दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा४ख ४४७० नम्बरको मिनीबस अनियन्त्रित भई सडकमा पल्टिएका जिल्ला प्रहरी कार्यलय तनहुँले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us