गुल्मी, २७ साउन– गुल्मीमा एक महिलाको शव फेला परेको छ ।
चन्द्रकोट गाउँपालिका–८ बडीगाड खोलामा अन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
गुल्मी प्रहरीका इन्स्पेक्टर रामकुमार केसीले मृतकको परिचय नखुलेको बताए ।
स्थानीयले खोलामा शव देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाइएको जनाएको छ ।