बाजुरा, २७ साउन– बिजुलीको लाइन विस्तारका क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बाजुराको बडीमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्टको शनिबार करेन्ट लागेर मृत्यु भएको हो ।
बाजुरा प्रहरीका निरीक्षक रवीन्द्रसिंले बडीमालिका–६ जडनङ्गामा ३३ केभीको लाइन विस्तारका क्रममा विष्टलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका विष्टलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।