युवकद्वारा अस्पतालको छैटौं तलाबाट हामफालेर आत्महत्या

काठमाण्डु टुडे २०८१ साउन २६ गते १७:५१ मा प्रकाशित

काठमाण्डु, २६ साउन– त्रिवि शिक्षण महाराजगञ्ज हातामा रहेको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हामफालेर एक युवकले आत्महत्या गरेका छन् ।

काठमाण्डु गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरुपराज आचार्यको अस्पतालबाट हामफालेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार आचार्य सेन्टरको छैटौं तलास्थित एस क्याफेको छतबाट हामफालेका थिए ।

हामफाल्दा गम्भीर घाइते भएका उनको सेन्टरमै उपचारका क्रममा ज्यान गएको हो । प्रहरीका अनुसार उनी बिरामी भएर त्यहाँ गएका थिएनन् ।

उनका आफन्त पनि बिरामी भएर अस्पताल नआएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ । हामफाल्नुअघि उनले क्याफेमा कफी पिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us