काठमाण्डु, २५ साउन– भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार नेपाल आउने भएका छन् ।
परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा मिस्री दुई दिने भ्रमणका लागि काठमाण्डु आउन लागेका हुन् ।
भारतको परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मिस्री नेपाल आउन लागेको जानकारी दिएको छ । मिस्रीको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने विश्वास परराष्ट्रको छ ।
‘साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता प्रतिबिम्बित गर्दछ,’ विज्ञप्तिमा छ । मिस्रीले नेपाल बसाइका क्रममा राजनीतिक भेटघाट समेत गर्ने बताइएको छ ।
भारत र नेपालबीच सदियौं पुरानो सभ्यता, सांस्कृतिक र जनताबीच सम्बन्ध रहँदै आएको विज्ञप्तिमा जनाइएको छ ।
दुई देशबीच पछिल्ला वर्षहरुमा दुई देशबीच उच्चस्तरीय भ्रमणहरु भएका र पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरूमा सहकार्य अघि बढेको पनि बताइएको छ ।
परराष्ट्र सचिवको भ्रमणले द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विशवास भारतले लिएको छ ।