सिक्किममा भूकम्प, पूर्वी नेपालसम्म धक्का

काठमाण्डु टुडे २०८१ साउन २५ गते १२:३६ मा प्रकाशित

काठमाण्डु, २५ साउन– भारतको सिक्किम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जानकारी दिएको छ ।

बिहान स्थानीय समयअनुसार ६ बजेर ५७ मिनेट जाँदा गएको भूकम्पको गहिराइ १० किलोमिटर रहेको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्ला र नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us