काठमाण्डु महानगरपालिका कार्यालय नजिकैको सडक भासियो

काठमाण्डु टुडे २०८१ साउन २५ गते ११:१५ मा प्रकाशित

काठमाण्डु, २५ साउन– काठमाण्डु महानगरपालिकाको नजिक सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ । काठमाण्डु महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको छ ।

यो सडकले दरबारमार्गलाई जोड्छ । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार भासिँदा हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us