प्रधानसेनापति शर्मा भोलिबाट बिदामा

काठमाण्डु टुडे २०८१ साउन २४ गते १७:२७ मा प्रकाशित

काठमाण्डु, २४ साउन–    प्रधान सेनापति प्रभुराम शर्माले शुक्रबारबाट बिदामा बस्दै छन । तिन वर्षको कार्यकाल भदौ २४ मा पूरा हुनुभन्दा १ महिनाअघि उनि बिदामा बस्न तयारी गरेका हुन  ।

बिहीबार शर्माले कामु प्रधान सेनापति अशोकराज सिग्देललाई बुझबुझारथ गरेका छन् । समाचार तयार गर्दासम्म जङ्गी अड्डामा बुझबुझारथ कार्यक्रम चलिरहेको सेनाका एक जना अधिकृतले जानकारी दिएका छन  ।

साउन १४ मा मन्त्रिपरिषद्ले रथी सिग्देललाई कामु प्रधान सेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us