६६ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

काठमाण्डु टुडे २०८१ साउन २४ गते १७:२४ मा प्रकाशित

काठमाण्डु, २४ साउन– प्रहरीले पाल्पामा ६६ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वखोला गाउँपालिका–१ बस्ने ४७ वर्षीय धन बहादुर कामी रहेको प्रहरीले जानकारी दिएको छ ।

कामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरीएको प्रहरीले जनाएको छ । धन बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जब्गादीर इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us