काठमाण्डु, २४ साउन– प्रहरीले प्युठानमा ७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मल्लरानी गाउँपालिका–२ नाकेटाकुरा बस्ने १९ वर्षीय केशव घर्तीमगर रहेको प्रहरीले जानकारी दिएको छ ।
केशवले ती बालिकालाई आफ्नै गोठमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।