टीआरसी विधेयक पीडित मैत्री भएर मात्र अघि बढ्छ: महेश बर्तौला

काठमाण्डु टुडे २०८१ साउन २४ गते १६:१२ मा प्रकाशित

काठमाण्डु, २४ साउन– एमालेका प्रमुख सचेतक महेश बर्तौला ले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पीडित मैत्री हुने बताएका छन । आज बिहिबार कानुन न्याय तथा मानव अधिकार समितिमा मस्यौदा विधेयकमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन ।

उनले समग्रमा ७५ प्रतिशत छुट दिने नभई केहि सर्तहरू पालना गरेर मात्र त्यो सुविधा पाउने दाबी गरे। उनले कैदमा सम्पूर्ण छुट नभई २० वर्ष कैद हुनेमा पाँच वर्ष मात्र हुने उनले बताएका छन ।

उनले बलत्कार जस्ता जघन्य अपराधमा नियमित कानुन व्यवस्था अनुसार कैद हुने उनले बताए । बर्तौलाले कानुन बनाउने भनिएकोले त्यही अनुसार विधेयक सहमतिमा पारित गर्न उनले माग गरे।

चार विषयमा सहमति जुटाउने भनी उप समितिले प्रतिवेदन दिएकोमा कार्यदलले मेहनत गरेर सहमति जुटाएको भन्दै उनले अब सो विधेयक ससद्मा पुर्याउन माग गरेका छन । उनले देशको शान्ति प्रक्रियासँग जोडिएकाले यसलाई टुङ्गोमा पुर्याएसँगै शान्ति प्रक्रिया पनि टुङ्गोमा पुग्ने पनि बताएका छन ।

उनले हाउसमा शीर्ष नेताले बोल्नसक्ने वातावरण बनाउन सभापतिसँग पनि आग्रह गरे। उनले कोलम्बियाको उदाहरण दिँदै त्यहाँ ३० वर्ष कैद हुने मुद्दामा ८ गराएको भन्दै नेपालमा पनि अब टुङ्गोमा पुर्‍याउनु पर्ने बताएका छन ।

उनले घटी सजाय किन राखियो रु यसको व्याख्या गर्नुपर्ने थियो, विधेयकमा व्याख्या गरेर जाने वातावरण बनेको पनि दाबी उनले गरे। उनले बाहिर घटी सजायबारे गलत टिप्पणी भइरहेको भन्दै सजाय धेरै गरेर मात्र न्याय नहुने भन्दै उनले यसमा मध्य विन्दु खोजी गरेको दाबी गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us