काठमाण्डु, २४ साउन– पूर्व अर्थमन्त्री एवं कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले पुँजी बजारलाई लिएर आफूप्रति नकारात्मक धारणा बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन ।
आज बिहीबार अर्थ समितिमा बोल्दै डा.महतले यस्तो बताएका हुन । उनले सेयर बजार व्यवस्थित र मर्यादित हुनुपर्छ भनेकोमा आफू विरुद्ध स्टेटमेन्ट नै जारी भएको पनि बताएका छन ।
उनले भने, ‘मैले सेयर बजार बढ्यो बढ्नु हुँदैनथ्यो कतै भनेको छैन । तर, म विरुद्ध केही माननीय ज्यूहरू नै लागेको पाएँ’ डा।महतले भने, ‘संसद्मा बोलेको कुरालाई लिएर, कुनै कम्पनी संस्थाको विषयमा बोल्ने कुरा होइन तर आम सर्वसाधारणको पक्षमा बोल्ने सुसूचित गर्ने हाम्रो जिम्मेवारी हो ।
केही कम्पनीहरूको सेयर अस्वाभाविक बढ्यो, यसको वास्तविकता के हो रु कम्पनीको वित्तीय स्थिति के छ हेरौँ ।’ आफूले भनेको तर बजारमा लगानीकर्ताहरूले स्टेटमेन्ट नै जारी गरेको उनले बताएका छन । उनले भने, ‘पुँजी बजारको सुधार, व्यवस्थापन र सन्तुलनका लागि नियामक धितोपत्र बोर्ड, नेप्सेले सूक्ष्म निगरानी राख्दै अनुगमन नियमन गर्नुपर्छ ।’