राष्ट्रपतिले रातो मच्छेन्द्रनाथको भोटो देखाउने, आज सार्वजनिक बिदा

काठमाण्डु टुडे २०८१ साउन २० गते ९:१४ मा प्रकाशित

काठमाण्डु, २० साउन– आज वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै छ ।

उक्त जात्राका दिन सरकारले आज सार्वजनिक बिदा दिएको छ । यकिन मिति नभए पनि करिब तीन हजार वर्षदेखि ललितपुरको जावलाखेलमा यो जात्रा मनाइँदै आइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न भोटो देखाउने कार्यक्रम छ । वैशाख शुक्ल प्रतिपदाका दिन रथ तानेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन हुन्छ । जात्राको पहिलो चरणमा रथ यात्रा गरिन्छ । अन्तिम दिनमा भोटो जात्रा गरिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us