काठमाण्डु, १९ साउन–मिस नेपाल वर्ल्ड–२०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् ।
हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३०औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले शनिबार ‘मिस नेपाल वर्ल्ड’ को उपाधि जितेकी हुन् । मिस नेपाल–२०२३ की विजेता श्रृच्छा प्रधानले उनलाई ताज हस्तान्तरण गरिन् ।
मिस नेपाल अर्थ–२०२४ को उपाधि सुमना केसीले जितिन् । यस्तै मिस नेपाल इन्टरनेशलन–२०२४ को उपाधि करुणा रावतले पाइन् ।