थापाथलीमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन १९ गते १८:१० मा प्रकाशित

काठमाण्डु, १९ साउन– काठमाण्डु महानगरपालिका–११ थापाथलीमा शनिबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

माइतीघरबाट थापाथलीतर्फ जाँदै गरेको बा२८प४८६७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मधेस प्रदेश००३–००१क २५१९ नम्बरको पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार ६२ वर्षीय सरस्वती तुलाधरको मृत्यु भएको हो ।

ट्याङ्करको ठक्करबाट घाइते उनको उपचारका क्रममा नर्भिक इन्टरनेसनल अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

घट्टेकुलो निवासी मोटरसाइकलका चालक ६९ वर्षीय ध्रुवराज तुलाधर घाइते भएका छन् ।

ठक्कर दिने ट्याङ्कर चालक धादिङ गजुरीका रामकुमार तामाङलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता विश्वराज खड्काले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us