पहिरोले घर पुरिँदा हजुरआमा र नातिनी बेपत्ता

काठमाण्डु टुडे २०८१ साउन १९ गते ९:३२ मा प्रकाशित

रोल्पा, १९ साउन– रोल्पाको सुनछहरी गाउँपालिका– ४ कामीडाँडामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिनी बेपत्ता भएका छन् ।

स्थानीय देउसिंह कामीको घर पहिरोले पुरिँदा उनकी आमा ६० वर्षीया बसुना सुनार र ४ वर्षीया छोरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

रोल्पा प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार देउसिंह र उनकी श्रीमती घरबाहिर रहेकाले जोगिएका छन् ।

घटनाबारे जानकारी भएलगत्तै सुलीचौर र प्रहरी चौकी सिउरीबाट राति नै टोली पठाइएको लामाले बताए । प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार जारी राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us