मणि थापाद्वारा एमाले परित्याग

काठमाण्डु टुडे २०८१ साउन १८ गते १९:२१ मा प्रकाशित

काठमाण्डु, १८ साउन– एमाले स्थायी समिति सदस्य मणिचन्द्र थापाले पार्टी छाडेका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले थापाले पार्टी छाडेको पुष्टि गरे । थापा गत २०७९ मंसिरमा सम्पन्न आमनिर्वाचनयता निस्क्रिय थिए । थापा एमालेको मिसन ग्रासरुट अभियामना पनि सहभागी थिएनन् ।

थापाले छाडेपछि रिक्त स्थायी समिति सदस्यमा मुकुन्द न्यौपानेलाई मनोनित गरिएको गौतमतले बताए । तत्कालीन नेकपामा विभाजन भएपछि पूर्वमाओवादी पृष्ठभूमिका थापा एमालेमै बसेका थिए ।

एमाले अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति थापा असन्तुष्ट थिए । उनले ओलीको कार्यशैलीको सार्वजनिक रुपमै आलोचना गरेका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us