पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, आकाशबाटै काठमाण्डु फर्काइयो

काठमाण्डु टुडे २०८१ साउन १८ गते १९:१३ मा प्रकाशित

काठमाण्डु, १८ साउन– काठमाण्डुबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै काठमाण्डु फर्किएको छ ।

शुक्रबार पोखराका लागि उडेको बुद्धको ९–एन–एएमडी कलसाइनको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाण्डु फर्काएइको बुद्ध एयरले जनाएको छ ।
बुद्ध एयरले सामाजिक सञ्जाल ट्विटरमार्फत उक्त विषयमा जानकारी दिएको छ ।

काठमाण्डु विमानस्थलमा सुरक्षित अवतरण गरिएसँगै यात्रुहरूलाई अर्को जहाजबाट पोखरा पठाउन लागिएको बुद्ध एयरको भनाइ छ ।

‘काठमाण्डु पोखरा उडान नं. 655, कल साईन 9N-AMD मा  प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाण्डु सुरक्षित अवतरण गरिएको छ । सो जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाउन लागिएको छ’, बुद्ध एयरले भनेको छ ।

काठमाडौंबाट पोखरा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं सुरक्षित अवतरण गरिएको छ । सो जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाउन लागिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us