सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्रीले विश्वासको मत लिँदै

काठमाण्डु टुडे २०८१ साउन १८ गते १७:०६ मा प्रकाशित

काठमाण्डु, १८ साउन– सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मतको लागि आह्वान गरिएको प्रदेश सभाको बैठक सुरु भएको छ । बैठक चल्ने वा नचल्ने अन्योलतकाबिच प्रदेशसभाको बैठक सुरु भएको एक सांसदले जानकारी दिएका छन ।

यसअघि एमाले र कांग्रेसले बैठकमा सहभागी नहुने बताएका थिए । तर कांग्रेस र एमाले पनि सहभागी भएपछि बैठक सुरु भएको उनले जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री सोडारीले सम्बोधन गरिरहेका छन् । यसअघि बैठक नचलेको अवस्थामा पत्रकार सम्मेलन गरेर राजीनामा दिने तयारी मुख्यमन्त्रीले गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us